झापा, भदौ ११ । धरानमा एक १४ वर्षिया किशोरीको हत्या भएको छ । उनकी आमा गम्भीर घाइते भएकी छन् ।

आज दिउँसो किशोरीको खुकुरी प्रहार गरेर हत्या भएको हो । उनीहरुलाई संखुवासभा खाँदबारीका बबिन बरालले अन्धाधुन्ध खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।खुकुरी प्रहारबाट आमा सिर्जना राई र उनकी १४ वर्षीया छोरी गम्भीर घाइते भएका थिए । उनीहरुलाई उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो । उपचारको क्रममा छोरीको मृत्यु भएको प्रहरीले जनाएको छ । बालिकाकी आमा सिर्जनाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

खुकुरी प्रहार गर्ने ३३ वर्षीय बराललाई इलाका प्रहरी कार्यालय धरानको टोलीले पक्राउ गरेको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नविनकृष्ण भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्