झापा, भदौ १२ । नेवाः देय दवु बिर्तामोड नगर समितिद्वारा आयोजित लाखे जात्रा समापन भएको छ ।

हिजो एक कार्यक्रमका बीच लाखे जात्रा समापन गरिएको हो । नाग पंचमीका दिनदेखि लाखे जात्रा शुरु भएको थियो । दुई–दुई जना लाखेका दरले पाँच वटा टोलीले बिर्तामोडको ८,९,१०,२ र ३ नं वडामा नृत्य देखाएको नगर समितिले जनाएको छ ।

नगर समिति अध्यक्ष छत्रबहादुर श्रेष्ठको अध्यक्षता तथा प्रदेश अध्यक्ष इन्द्रबहादुर श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पूर्व केन्द्रीय उपाध्यक्ष कृष्ण उदास , जिल्ला महिला उपाध्यक्ष इश्वरा श्रेष्ठ , आदर्श सेवा समाजका सचिव रामअवतार घिमिरेलगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको औचित्यमाथि वरिष्ठ उपाध्यक्ष रत्नकुमार श्रेष्ठले प्रकाश पारेको कार्यक्रममा स्वागत उपाध्यक्ष जंगबहादुर श्रेष्ठले गरेका थिए । कार्यक्रमको संचालन सचिव दिलिप प्रधानले गरेका थिए । त्यसैगरी पासा मुनः पुचः बिर्तामोडले पनि हिजै लाखे जात्रा समापन गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्