झापा, भदौ १४ । इलामको शिक्षा क्षेत्रमा लामो समयदेखि योगदान दिएका राजन माइकल गुरुङको निधन भएको छ ।

बुधवार बिहान स्कुलमै अकस्मात ढलेका उनलाई बिहीवार साँझ थप उपचारका लागि भारतको सिलिगुडी पुर्याउनेबित्तिकै चिकित्सकले मृत घोषणा गरेका थिए ।

उनलाई चिकित्सकले ब्रेन ह्यामरेज र हर्ट अट्याक्ट भएको बताएका थिए ।स्व. गुरुङको अन्त्येष्टि भोलि दिउँसो १ बजे भारतको दार्जिलिङ जिल्लाअन्तर्गत कालिङपोङमा गरिने जनाइएको छ । उनको पार्थिव शरीर हिजो राति नै कालिङपोङ पुर्याइएको छ । इलाम प्याब्सनले स्व. गुरुङप्रति श्रद्धा सुमन व्यक्त गर्न भदौ १६ गते आइतबार संस्थागत विद्यालयहरुमा शोक विदा दिने तयारी गरेको छ ।

दार्जिलिङ कालिङपोङ बनवस्तीका स्थायी बासिन्दा गुरुङले २०५३ सालमा माउन्ट मेची सेकेण्डरी बोर्डिङ स्कुलमा शिक्षण गरेका थिए ।२०५४ मा ग्रीन भ्याली अंग्रेजी बोर्डिङमा प्रिन्सिपल भएका उनी २०७९ देखि पुनः माउन्ट मेची सेकेण्डरी बोर्डिङको प्रिन्सिपल भएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्