झापा,भदौ १४ । सुनसरीमा चट्याङ लागेर एकको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् ।

जिल्लाको कोशी गाउँपालिका–४ निवासी अख्तर मियाँका १८ वर्षीय छोरा अक्रम मियाँको चट्याङ लागेर मृत्यु भएको हो ।

चट्याङ लागेर गम्भीर घाइते भई न्युरो सप्तकोशी अस्पताल उपचार क्रममा मियाँको निधन भएको स्थानीय तजमुल मियाँले जानकारी दिए । मृतकको शवको पोस्टमार्टमको लागि जिल्ला अस्पताल सुनसरीमा राखिएको छ । अर्का स्थानीय हदिस मियाँ चट्याङ लागेर घाइते भएका छन् ।

नको न्युरो कोशी अस्पतालमा उपचार भएको जनाएको छ । घाइते हदिस निको भएर घर फर्किएको प्रहरीले जनाएको छ । माछा मार्ने क्रममा बिहीवार मियाँ चट्याङ लागेर घाइते भएका दुवैजना सप्तकोशी न्युरो अस्पताल भोक्राहा नरसिंहमा उपचारका लागि भर्ना भएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्