बिर्तामोड, भदौ १५ । पंचकन्या ग्रुपअन्तर्गत पंचकन्या ब्राण्डको पाइप एण्ड फिटिङ्सको थोक बिक्रेता ज्योति ट्रेडिङले आफ्ना सबडिलरहरुको दुई दिने भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।

इलामको श्रीअन्तुमा रहेको डाँडाकाँडा कटेजमा आफ्ना सबडिलरहरुलाई भेला गरी भब्य रुपमा कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रम पंचकन्या ग्रुपका बजार प्रमुख विकास कर्णको प्रमुख आतिथ्य तथा पंचकन्या सेल्स डिपो बिर्तामोडका मोहन थापाको आतिथ्यतामा सम्पन्न भएको थियो ।ज्योति ट्रेडिङका प्रोप्राइटर झलक खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा परिचयात्मक कार्यक्रम डिल्ली श्रेष्ठबाट शुरुवात भएको थियो ।

कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै ज्योती ट्रेडिङका झलक खत्रीले हरेक बर्ष आफ्ना सबडिलरहरुलाई विभिन्न रमणीय स्थानहरुमा लगेर एक दिन भएपनि ब्यवसायिक तनावबाट मुक्त रहँदै रमाउने अवसर प्रदान गर्न पाएकोमा गर्व महसुस भएको बताए ।त्यस्तै उपस्थित सबडिलरका राजेश प्रसाईले ज्योति ट्रेडिङले यो अवसर जुराई दिएकोमा धन्यवाद दिएका थिए । तपस्या ट्रेडर्स अर्जुनधाराका खगेन्द्र गुरुङ र ज्योती ट्रेड्र्सका बजार ब्यवस्थापक राम दाहालको उत्कृष्ट नृत्यले कार्यक्रमको माहौल तातिएको थियो । कार्यक्रममा ज्योती ट्रेडर्स अन्तर्गतका उत्कृष्ट सब डिलरहरुको उपस्थिति रहेको जयमाता ट्रेडर्सका रमेश नेपालले जानकारी दिएका छन् ।

उपस्थित सबडिलरहरुले पाइप फिटिङ्सको दुनियाँमा पंचकन्या ब्राण्ड नेपालमा उत्कृष्ट रहेको र हरेक ग्राहकहरु सन्तुष्ट रहेको जानकारी गराएका थिए ।साथै पंचकन्या ब्राण्डका सबडिलरहरु एकताबद्ध रहँदै समान मूल्यमा उपभोक्ताहरु माझ पुर्याउनु पर्ने र आफूहरुबिच अस्वस्थ्य प्रतिष्पर्धा त्यागेर अघि बढ्नु पर्ने सुझाव राखेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्