झापा, भदौ १६ । भारतबाट भन्सार छलेर लुकाई छिपाई ल्याई राखेको १५ बोरा उसिना चामल प्रहरीले बरामद गरेको छ ।

हिजो दिउँसो १.३० बजे झापा गाउँपालिका ४ सुकुम्बासी टोलमा रहेको मनिरुल मियाको घर अगाडि भारतबाट भन्सार छलि लुकाई छिपाई ल्याई राखेको १५ बोरा (५० के.जी.को दर) उसिना चामल प्रहरीले बरामद गरेको हो ।

इलाका प्रहरी कार्यालय कुमरखोद, प्रहरी चौकी टाँघनडुब्बा, बिओपी टाँघनडुब्बाको संयुक्त टोलीले ४८ हजार ७५० मूल्य बराबरको चामल बिओपी टाँघनडुब्बा ल्याई राखेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्