झापा, भदौ १६ । सुनसरीको इटहरी उप–महानगरपालिका–२ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

हिजो साँझ निर्माणाधिन घरमा वाइरिङ गर्ने क्रममा अचानक करेन्ट लाग्दा ५० बर्षीय पाचु उराउको घटनास्थलमा नै मृत्यु भएको हो ।

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी अधिकृतसहितको टोलीले शवको कानूनी प्रकृया पुरा गरी पोष्टमार्टमको लागि बी.पी.कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान घोपा पठाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्