झापा, भदौ १७ । नेकपा एमालेबाट निष्कासित भएर एकीकृत समाजवादीमा गएका हल्दिवारी गाउँपालिकाका पूर्व उपाध्यक्ष डम्बर गिरी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् ।

उनलाई पार्टीको कोशी प्रदेशको श्रम तथा उपभोक्ता हित विभाग प्रमुखको जिम्मेवारी दिइएको छ ।त्यस्तै झापाका अधिवक्ता सुरेशकुमार पोखरेललाई कोशी प्रदेश कानुन तथा न्यायिक विभाग प्रमुखको जिम्मेवारी प्रदान गरिएको छ । नेकपा एमाले झापाका पूर्व जिल्ला कमिटी सचिवालय सदस्य तथा २०७४ सालको स्थानीय तहको निर्वाचनमा हल्दिबारी गाउँपालिकाका निर्वाचित उपाध्यक्ष गिरी गत वर्ष नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए ।

एमालेको भ्रातृ संगठन युवा संघका पूर्व जिल्ला अध्यक्षसमेत रहेका गिरीले गत निर्वाचनमा झापा क्षेत्र नं ३ मा संघीय सांसदका लागि स्वतन्त्र उम्मेद्वारी दिएका थिए । पार्टीले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई सघाउनेगरी गरेको चुनावी तालमेलविरुद्ध उनले वागी उम्मेदवारी दिएका थिए । त्यसपछि एमालेले उनलाई निष्कासनको कार्वाही गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्