झापा, भदौ १७ । विभिन्न माग राख्दै राष्ट्रप्रेमी देशभक्त युवा नागरिक झापाले बिर्तामोडमा विरोध सभा गरेको छ ।

बिर्तामोडको मुक्तिचोकपूर्व दुर्गा मन्दिरको अगाडि विभिन्न नारा लेखिएका प्लेकार्डसहित विरोध सभा गरिएको हो । विरोध सभामा अर्जुनकुमार भट्टराई,समिता पोख्रेल, राजकुमार दाहाललगायतले बोल्दै केपी ओलीको सरकारले सहकारी पीडितको समस्या सम्बोधन नगरेको आरोप लगाए । उनीहरुले सबै राजनितिक दलका नेताले राष्ट्रको सम्पति बेचेर खाएको भन्दै अब यो देशको शासक राष्ट्रभक्त युवा हुनु पर्नेमा जोड दिएका थिए ।

गिरीबन्धु, भुटानी शरणार्थी, ललिता निवासलगायतका अनियमितताको काण्डमा यथाशिघ्र निष्पक्ष छानविन हुनुपर्ने ,वित्तीय क्षेत्रका पीडितहरुको समस्या तुरुन्त सम्बोधन हुनुपर्नेलगायतका मागसहितको प्लेकार्ड युवाहरुले बोकेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्