बिर्तामोड, भदौ १७ । बिर्तामोडको शनिश्चरे रोडदेखि अतिथिसदन जाने सडकको स्तरोन्नति कार्य सुरु भएको छ ।

बिर्तामोड नगरपालिका र सडक बोर्डको संयुक्त लगानीमा सडक स्तरोन्नति (कालोपत्रे) सुरु गरिएको हो ।
अतिथिसदन अधुवा खोला पुलसम्मको ३ सय ३० मिटरसंगै वानस्टप महलदेखि अतिथि सदन रोडसम्म २ सय १० मिटर र शनिश्चरे रोडको मण्डला होटलदेखि कृष्ण हलसम्मको १ सय ३९ मिटर सडक पनि संगसंगै स्तरोन्नति (कालोपत्रे) गरिने बिर्तामोड नगरपालिकाले जनाएको छ ।

६ सय ७९ मिटर कालोपत्रे हुने सडक विभिन्न स्थानमा ६ देखि ९ मिटरसम्म चौडाई हुने छ । कालोपत्रे निर्माणको ठेक्का उदयपुरको कौशल्या बिल्डर्सले पाएको छ । सडक स्तरोन्नतिका लागि २०८१ जेठ २१ गते ९१ लाख ६ हजार ७२३ रुपैयाँमा (भ्याट र पिएस) सहित सम्झौता भएको हो । ठेक्का सम्झौता अवधि आगामी असोज ३० गतेसम्म छ ।

सडक बोर्डको ७० प्रतिशत र बिर्तामोड नगरपालिकाको ३० प्रतिशत लगानी रहेको यो बजेटमा अन्य वडाभित्रका सडकहरुसमेत स्तरोन्नति हुनेछन् ।

आगामी सोमवारसम्ममा ३ वटै सडकको कालोपत्रे गर्ने काम सम्पन्न हुने बिर्तामोड नगरपालिकाका सव–इन्जिनियर डिल्लीराम ओलीले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्