बिर्तामोड , भदौ १९ । अनारमनी पव्लिक क्याम्पसको अध्यक्षमा डा. लक्ष्मीप्रसाद मैनाली निर्वाचित भएका छन् ।

बिर्तामोड– ३ बिर्ताबजारस्थित अनारमनी पव्लिक क्याम्पसको आज भएको १७ औ साधारणसभा तथा चोथो अधिवेशनबाट डा. मैनाली अध्यक्षमा सर्वसम्मत चुनिएका हुन् ।

त्यस्तै उपाध्यक्षमा कृष्णप्रसाद बिमली र कोषाध्यक्षमा जानुका थापामगर चयन भएका छन् । त्यस्तै सदस्यहरुमा युवराज प्रसाई , विनोद गौतम , सुष्मा पौडेल, सोमनाथ तिम्सिना , पंकज राजवंशी र आशिष गिरी रहेका छन् । प्रमुख संरक्षकमा भने राजेश खड्का , हर्कलाल गिरी र भुपेन्द्रकुमार सिंह राजवंशीलाई राखिएको छ ।

क्याम्पस सभाबाट ९ जना चुनिएका हुन् । विधानअनुसार तीनजना पदेन सदस्य रहनेछन् । जसअनुसार सदस्य सचिवमा क्याम्पस प्रमुख मोहन शिवाकोटी तथा सदस्यहरुमा बिर्तामोड– ३ का वडाध्यक्ष मदन बुढाथोकी र क्याम्पसका निवर्तमान अध्यक्ष राजकुमार पोखरेल रहेका छन् । निर्वाचित र पदेन गरी १२ सदस्यीय संचालक समिति बनेकोमा पछि तीनजना मनोनयन गरिने जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्