झापा, भदौ २० । बैंकिङ कसुर मुद्दामा दोषी ठहर भई फरार रहेका बिर्तामोड ५ का हरि प्रसाई पक्राउ परेका छन् ।

झापा जिल्ला अदालतको गत असार ५ गतेको फैसला अनुसार बैंकिङ कसुर मुद्दामा उनलाई १ महिना कैद र रु.७ लाख २५ हजार रुपैयाँ जरिवाना तथा पीडित राहत कोषमा रु.२९ हजार क्षतिपूर्ति शुल्क जम्मा गर्नु पर्ने फैसला सुनाइएको थियो । फरार रहेका ५५ वर्षीय प्रसाईलाई आज पक्राउ गरिएको हो ।

त्यस्तै जबरजस्ती हाडनाता करणी मुद्दाका फरार प्रतिवादी भद्रपुर नगरपालिका वडा नं.८ बस्ने ४८ वर्षीय खेमराज पोखरेल पनि आजै पक्राउ परेका छन् । झापा जिल्ला अदालतको २०७२ बैशाख २० गतेको फैसला र सर्वोच्च अदालतका २०८० कात्तिक १९ गतेको फैसला अनुसार जबरजस्ती हाडनाता करणी मुद्दामा उनलाई १० बर्ष कैद र क्षतिपूर्ति बापत रु.५ लाख रुपैयाँ पीडितलाई भराउनु पर्ने फैसला सुनाइएको थियो । दुवैलाई कैद भुक्तानको लागि जिल्ला कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्