झापा , भदौ २० । झापाको कनकाई नगरपलिका वडा नं. ५ चप्रामारीस्थित भित्री सडकखण्डमा आज साँझ मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

साँझ अन्दाजी ५बजे सुरुङ्गाबाट झापा बजारतर्फ जाँदै गरेको प्र १–०१–०१७ प ४३७० नं.को मोटरसाइकलले बाटो क्रस गर्दै गरेका सोही ठाउँ बस्ने सुन्तली टुडूका छोरा अन्दाजी ४ वर्षीय आर्यन टुडूलाई ठक्कर दिई घाइते बनाएको थियो । घाइतेलाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोडमा सामान्य उपचारपश्चात् थप उपचारको लागि बीएण्डसी अस्पताल लगिएकोमा अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।

ठक्कर दिने मोटरसाइकल र चालक झापा गाउँपालिका वडा नं. २ बस्ने २४ वर्षीय बसन्त मुखियालाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्