झापा , भदौ २१ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले गएराति बिर्तामोडमा मसाल जुलुस निकालेको छ ।

राति ८.५५ बजे बिर्तामोड ३ स्थित भाटभटेनी डिपार्टमेन्ट अगाडिबाट जुलुस शुरु भएको थियो । “भ्रष्टाचारीहरु होसियार, भ्रष्टाचारीहरुको सम्पत्ति राष्ट्रियकरण गर, दलाल संसदीय ब्यवस्था मुर्दावाद, बैज्ञानिक समाजवाद जिन्दावाद, नेपाल कम्युनिस्ट पार्टी(बहुमत) जिन्दावाद ” जस्ता नारा लगाउँदै मसाल जुलुस रामचोकमा पुगेर समापन भएको थियो ।

नेकपा (बहुमत) झापाका जिल्ला सेक्रेटरी चिलाङ लिम्बूको नेतृत्वमा करिब १० जनाको उपस्थिति रहेको थियो । “भ्रष्टाचारविरुद्ध जनएकता अभियान” को देशब्यापी कार्यक्रम अन्तर्गत सो मसाल जुलुस निकालिएको आयोजक नेकपा बहुमत झापाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्