बिर्तामोड , भदौ २१ । आदर्श स्कुल अफ मेनेजमेन्ट बिर्तामोड ३ ले तीज सशक्तिकरण कार्यक्रम गरेको छ ।

तीजमा नाचगानभन्दा महिला सशक्तिकरणलाई बढावा दिने उद्धेश्यले कार्यक्रम गरिएको स्कुलले जनाएको छ । आदर्श स्कुलकी विजया भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि मेरियट होटल काठमाडौंकी क्लस्टर शिक्षण तथा विकास निर्देशक अन्जना खडकाले नयाँ परिवेशमा महिलाहरु धेरै उच्च ओहोदा पुगेको र आफ्नो क्षमता देखाएर उदाहरणीय कामहरु गरिरहेको बताइन् ।

कार्यक्रममा महिला आदर्श नौमती बाजा समूह कन्काई ३ ले नौमती बाजा बजाएर रमाइलो प्रदान गरेको थियो । स्कुल शिक्षिका इन्दिरा खड्काले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन आदर्श स्कुलका तालिम बिभाग प्रमुख दीपक दासले गरेका थिए। कार्यक्रममा २ सयभन्दा बढीको सहभागिता रहेको थियो।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्