झिलझिले, भदौ २४ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) झापाले जिल्लास्तरीय अतिरिक्त क्रियाकलाप सम्पन्न गरेको छ ।


शिवसताक्षीको झिलझिलेमा रहेको वाटर किंगडम पार्कमा प्याव्सन झापाले प्रतियोगिता आयोजना गरेको थियो । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) झापाका अध्यक्ष गौरीमान फागोको अध्यक्षता तथा शिक्षा विकास तथा समन्वय इकाई झापाका प्रमुख भोलानाथ दाहालको प्रमुख आतिथ्यतामा प्रतियोगिता सम्पन्न भएको थियो।

प्याब्सन झापाले गत भदौ १४ गतेबाट पालिका स्तरमा एकैसाथ अतिरिक्त क्रियाकलाप सञ्चालन गरी माध्यमिक तहमा कविता वाचन, आधारभूत तह(कक्षा १ देखि ५ सम्म) हाजिरीजवाफ, माध्यमिक तह र आधारभूत तहमा निबन्ध लेखन, माध्यमिक तहमा आकस्मिक वक्तृत्वकला कार्यक्रमहरु सञ्चालन गरेको थियो ।

जिल्लास्तरीय प्रतियोगितामा आधारभूत तह कक्षा ६–८ को हाजिरीजवाफतर्फ गोलधाप सनसाइन हल्दिबारीका सौगात रेग्मी र दिया पौडेल प्रथम, पशुपति मा.वि. कनकाईका प्रिन्स खनाल र दृष्टि सिटौला द्वितीय र जयपुर स्कूल बुद्धशान्तिका दिब्यांशु अधिकारी र दिब्या अधिकारी तृतीय भए ।

त्यस्तै माध्यमिक तहको अंग्रेजी आकस्मिक वक्तृत्वकला प्रतियोगिताको छात्रतर्फ इमिनेन्ट कञ्चनजंघा गौरादहका प्रवेश अधिकारी प्रथम, चिल्ड्रेन गार्डेन हल्दिबारीका सम्राट खरेल द्वितीय र नेशनल मेरिगोल्ड स्कुल भद्रपुरका प्रनिल सत्याल तृतीय भएका छन् ।

छात्रातर्फ जयपुर स्कूल बुद्धशान्तिकी जिज्ञासा श्रेष्ठ प्रथम, मिनी माउन्टेन स्कूल बाह्रदशीकी सृष्टि बास्तोला द्वितीय, संस्कारा शिक्षा सदन हल्दिबारीकी सिकुम लिम्बू तृतीय भएका छन् ।

त्यस्तै माध्यमिक तह अंग्रेजी निबन्धमा दिपजन अंग्रेजी मा.वि. बाह्रदशीका सुमन थापा, न्यूटन्स एकाडेमी बिर्तामोडका इतुशा लिम्बू, जयपुर अंगे्रजी स्कूल बुद्धशान्तिकी आभा पोखरेल, ग्रिनफिल्ड स्कूल बिर्तामोडकी सुम्निमा राई र सगरमाथा स्कूल शिवसताक्षीका रोशन थापा उत्कृष्ट पाँचमा पर्न सफल भए ।
माध्यमिक तहको नेपाली निबन्धमा माउण्ट एभरेष्ट गौरादहका जेनिस कोइराला, जयपुर इङ्गिलस स्कुल बुद्धशान्तिका पूजन श्रेष्ठ, नमूना अंग्रेजी मावि गौरादहकी एलिसा सापकोटा, साउथ होराइजन स्कुल झापाकी केशिका संग्रौला र श्रृजना शिशु सदनकी श्रृष्टि ढकाल उत्कृष्ट पाँचमा परेका थिए ।

आधारभूत तह कक्षा ६–८ अंग्रजी निबन्धमा दुर्गा स्कुल मेचीनगरकी कृषा मेचे, एमिटी स्कुल बिर्तामोडका संयोग सम्बाहाम्फे, देवभूमि स्कुल अर्जुनधाराका रिवान खतिवडा, लालिगुराँस स्कुल दमकका नेल्सन खत्री र चन्द्रज्योति स्कुल झापाका भास्कर राजवंशी उत्कृष्ट पाँचमा परे भने नेपाली निबन्धतर्फ जयपुर स्कुल बुद्धशान्तिका गौरव भण्डारी, बेल्स मोडेल बिर्तामोडका सृजन ढुंगेल, नमूना मावि गौरादहकी अर्पणा बस्नेत, ज्ञानोदय मावि गौरीगञ्जका सोनु बस्नेत र दिपजन अंग्रेजी मावि बाह्रदशीका ससेहाङ् लिम्बू उत्कृष्ट पाँचमा पर्न सफल भई पुरस्कृत भएका थिए ।

आधारभूत तह चित्रकला छात्रतर्फ निहारिका स्कुल कमलका अनुप तामाङ, हरिकुल स्कुल कन्काईका नेत्र गदाल, दिब्यज्योति स्कुल बाह्रदशीका हिमाल राजवंशी, इष्टर्न स्टार स्कुल दमकका डेनियल टुडू, न्यूटन्स एकेडेमी बिर्तामोडका न्यूसन तुम्बाहाम्फे, छात्रातर्फ हरिकुल स्कुल कन्काईकी समीक्षा अधिकारी, कालिका शिशु सदन अर्जुनधाराकी युशा ढकाल, कन्भेन्ट स्कुल मेचीनगरकी कोहिनूर श्रेष्ठ, सर्बोदय स्कुल दमककी विविशा बुढाथोकी र हिमालयन एकाडेमी मेचीनगरकी अपराजिता रानामगर उत्कृष्ट चित्रकारितामा पुरस्कृत भए ।

माध्यमिक तहको खुल्ला चित्रकलामा मेची स्कुल शिवसताक्षीका मनिर लिम्बू, नर्थपोइन्ट स्कुल मेचीनगरकी सप्रिका राई, संस्कारा शिक्षा सदन हल्दिबारीका शिशिर लोहार, विभूति विद्यामन्दिर भद्रपुरकी शिखा गौतम र सिर्जना शिशु सदनकी रिजा लिम्बू उत्कृष्ट भई पुरस्कृत भएका थिए । सबै विधाहरुमा उत्कृष्ट हुने विद्यार्थी र विद्यालयहरुलाई ट्रफी, मेडल र प्रमाणपत्रदारा पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि दाहालले प्याब्सन झापाले पाठ्यपुस्तक पठनपाठनका अलावा विद्यार्थीको चौतर्फी विकासका लागि आयोजना गरेको अतिरिक्त क्रियाकलाप सह्रानीय रहेको भन्दै धन्यवादसहित झापा प्याब्सनको प्रशंसा समेत गरेका थिए ।

कार्यक्रममा कमल गाउँपालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख सूर्य न्यौपाने, शिवसताक्षी नगरपालिका शिक्षा शाखा प्रमुख छवि ढकाल, प्याब्सन कोशी प्रदेश सल्लाहकार एलडी राई, प्याब्सन कोशी प्रदेश सचिव कोषराज प्याकुरेललगायतको विशेष आतिथ्य रहेको थियो ।

प्याब्सन झापाका बरिष्ठ उपाध्यक्ष छत्रबहादुर कार्कीले स्वागत मन्तव्य राखेको कार्यक्रम प्याब्सन झापाका कार्यवाहक सचिव लक्ष्मीप्रसाद उप्रेती र सहसचिव भवानीप्रसाद पाठकले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्