बिर्तामोड, भदौ २७ । राष्ट्रिय शिक्षा दिवस तथा बाल दिवस २०८१को अवसरमा बिहीवार बिर्तामोडमा नगरस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

‘स्वदेशमै शिक्षा र स्वदेशमै रोजगारी’ विषयमा बिर्तामोड नगरपालिकाले प्रतियोगिताको आयोजना गरेको हो । कक्षा ९ र १० का विद्यार्थीलाई समेटिएको यस प्रतियोगितामा सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयबाट ३० जना विद्यार्थीले सहभागिता जनाएका थिए ।

प्रतियोगितामा मोहनमाया माध्यमिक विद्यालयकी छात्रा एलिना तिम्सिना प्रथम, न्यूटन्स एकाडेमीकी छात्रा रोसिना दाहाल द्वितीय, एभरेष्ट स्मार्ट स्कुलकी प्राप्तिका निरौला तृतीय, सेन्ट जेभियर्सका छात्र प्रयास गिरी र महेन्द्ररत्न माध्यमिक विद्यालयकी छात्रा स्मृति आचार्य सान्त्वना भएका छन् ।

विजेताहरु प्रथम, द्वितीय, तृतीय र सान्त्वनाले क्रमशः ४ हजार, ३ हजार, २ हजार र १ हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गर्नेछन् । विजेताहरुलाई राष्ट्रिय शिक्षा दिवसको दिन असोज २ गते पुरस्कार वितरण गरिने नगरका शिक्षा शाखा प्रमुख उपसचिब तिलचन भण्डारीले जानकारी दिए ।


प्रतियोगिताको निर्णायकमा पूर्व उपसचिब उद्धव विष्ट भद्रपुर र कनकाई नगरपालिकास्थित भृकुटी माध्यमिक विद्यालयका शिक्षक शिशिर भट्टराई रहेका थिए ।नगर उप–प्रमुख नगेन्द्रप्रसाद संग्रौलाको अध्यक्षतामा आयोजित कार्यक्रममा नगरप्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्