बिर्तामोड, भदौ २९ । प्रेमिका भनिएकी युवतीको हत्या गर्ने कैलाली गौरीगंगा नगरपालिका–३ बस्ने २० वर्षीय अनिल विकको अबस्था गंभीर रहेको छ ।

प्रादेशिक अस्पताल भद्रपुरमा उपचाररत विकको अवस्था गंभीर रहेको प्रहरीले जनाएको छ । ‘उनको अबस्था क्रिटिकल नै छ ’ बिर्तामोड प्रहरीका डीएसपी प्रकाश विष्टले भने,‘अहिलेसम्म बोल्न सकेका छैनन् । अचेत नै छन् ।’

उनले हिजो साँझ ६.३० बजेतिर अर्जुनधारा ६ को महानन्द चोकमा आफ्नी प्रेमिका भनिएकी इलाम सूर्योदय नगरपालिका १० फिक्कलकी १९ वर्षीया मनिशा लोहारलाई छुरा प्रहार गरी हत्या गरेका थिए ।छुरा प्रहार गर्ने विकलाई स्थानीयले प्रतिकार गर्दा उनी घाइते भएका हुन् ।युवतीलाई छुरा प्रहार गरी गम्भीर घाइते बनाई भाग्ने क्रममा नामथर नखुलेका स्थानीय ब्यक्तिहरुले कुटपिट गरी विकलाई घाइते बनाएको प्रहरीले जनाएको छ । कैलालीका विक कहिले आए र युवतीसंग पछिल्लो भेट कसरी भयो भन्ने खुलिनसकेको डीएसपी विष्टले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्