झापा, भदौ २९ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–३ खेसेवामा पहिरोसहित खसेको ढुंगाले लाग्दा गुडिरहेको जिपमा सवार एक महिला घाइते भएकी छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार सदरमुकामबाट फक्ताङलुङतर्फ जाँदै गरेको मे १ ज १३६२ नम्बरको जिपमा सवार फक्ताङलुङ–३ तावाकी निर्मला गुरुङ घाइते भएकी हुन्। उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । टाउकोमा चोट लागेकी निर्मलाको अवस्था गंभीर रहेको बताइएको छ ।

पिकअप चालक सोही ठाउँ बस्ने १९ वर्षीय रुपेश सुनुवार प्रहरी चौकी शिवाको सम्पर्कमा रहेका छन् । घटनास्थलतर्फ प्रहरी चौकी शिवाबाट टोली खटिएको छ ।अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्