भद्रपुर, भदौ २९ । झापाको चन्द्रगढीमा केन्द्रीय कार्यालय रहेको बहुभाषिक साहित्य संगीतकला केन्द्रको दोस्रो अधिवेशनले प्राज्ञ सभा सदस्य हरिप्रसाद पौडेलको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ ।

१७ सदस्यीय निर्विरोध निर्वाचित समितिमा प्राज्ञ पौडेललाई दोस्रो कार्यकालका लागि अध्यक्षको जिम्मेवारी दिइएको हो ।

समितिको बरिष्ठ उपाध्यक्षमा हरिप्रसाद गौतम, उपाध्यक्षहरूमा मिलनकुमार ढुंगाना, जितेन्द्र श्रेष्ठ र गोविन्द रपाल, महासचिव कुमार अनुरागी, सचिव पुनित वंशल, गीता भट्टराई र कोषाध्यक्षमा डिगबहादुर लिम्बूलाई निर्विरोध चयन गरिएको छ ।

यस्तै सदस्यहरूमा जयन्ती मानी, निरज पोखरेल, लक्ष्मी मिश्र, रमेश श्रेष्ठ, टोलीप्रसाद राजवंशी, पुनम राजवंशी, पवनलाल मेचे, भुपेश मर्डी चयन भएको निर्वाचन समितिकी संयोजक धनकुमारी खरेल लताले जानकारी दिइन् ।

हरिप्रसाद पौडेलको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन कार्यक्रममा बहुभाषिक बाल कविता गोष्ठी तथा बहुभाषिक साँस्कृतिक कार्यक्रम समेत गरिएको थियो । गजलकार मिलनकुमार ढुंगानाले सञ्चालन गरेको कार्यक्रममा ६५ भाषाको अस्तित्व रहेको झापाका राजवंशी, सन्थाल, लिम्बू, मेचेलगायत नेपाली भाषामा कविता तथा गीत प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्