झापा, भदौ ३० । झापा कारागार चन्द्रगढीमा कैद भुक्तान गरिरहेका एकजना कैदी फरार भएका छन् ।

कारागारमा कैद भुक्तान गरिरहेका जबर्जस्ती करणी मुद्दाका कैदीबन्दी २४ वर्षीय जीवन साह ओमसाई पाथीभरा अस्पताल भद्रपुरबाट फरार भएका हुन् । त्यहाँ उपचाररत साहलाई आज बिहान ३ः४० बजे सोही अस्पतालको शौचालय लगिकोमा शौचालयबाटै उनी फरार भएका हुन् ।

छातीमा समस्या भएपछि भद्रपुर ५ घर भएका साहलाई भदौ २५ गते बिहान प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो । त्यहाँबाट थप उपचारको लागि ओमसाई पाथीभरा अस्पतालमा रेफर गरिएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक मिलन के.सी.को कमाण्डमा फरार कैदी साहको खोजी भइरहेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

यसअघि इलाका प्रहरी कार्यालय बिर्तामोडका एकजना थुनुवा हतकडी फुस्काई फरार भएका थिए । फरार भएको चार दिनपछि भदौ ८ गते उनी बिर्तामोड बसपार्कबाट समातिएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्