बिर्तामोड,भदौ ३० । पुराना वाम बुद्धिजीवीका रुपमा परिचित लोकबन्धु कन्दङवा नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

आइतबार बिर्तामोडमा आयोजित राजनीतिक प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा कन्दङवा माओवादी केन्द्रमा प्रवेश गरेका हुन्।

कन्दङवाको नेतृत्वमा करिव २ सय जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । कन्दङवा तत्कालीन अनारमनी नगरोन्मुख गाविसका उपाध्यक्ष हुन् । उनी नेकपा एमालेमा रहेर लामो समय राजनीतिमा क्रियाशील थिए । त्यसपछि एकीकृत समाजवादीमा लागेका थिए । कन्दङवासँगै सामाजिक अभियन्ता गोपाल मुखिया, एमाले जिल्ला सदस्यहरु मोहन योगी,सीता रणपहेली, जगत राई , संघीय लोकतान्त्रिक राष्ट्रिय मंचका जिल्ला सदस्य बिरेन्द्रकुमार याक्थुङवा, जनता समाजवादी पार्टीका प्रदेश सदस्य मणि राई , झापा बिद्रोहका सहिद परिवार नरेन्द्र घिमिरेलगायत करिव २ सय जना पार्टी प्रवेश गरेको जनाइएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, उपमहासचिव तथा १ नम्बर प्रदेश इन्चार्ज हरिबोल गजुरेल (शितलकुमार)ले उनीहरुलाई पार्टीमा स्वागत गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्