झापा, भदौ ३० । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र पूर्व राजा ज्ञानेन्द्र शाहको फ्लाइट खराव मौसमका कारण रद्ध भएको छ ।

फाइल तस्वीर

पूर्व प्रधानमन्त्री तथा माओवादी अध्यक्ष दाहाल बुद्ध एयरको दिउँसो ४.२५ बजेको बुद्ध एयरको विमानबाट काठमाडौ फर्किन लागेका थिए । बुद्ध एयरको सेकेन्ड लास्टको ९६० विमान डिले भएर साँझ ६.३० बजे मात्र चन्द्रगढी विमानस्थल आइपुगेको थियो ।

त्यस्तै पूर्व राजा शाह बुद्ध एयरकै अन्तिम विमान ९०२ बाट फर्किन लागेका थिए । सो विमान पनि चन्द्रगढी विमानस्थलमा आइपुगेपनि खराव मौसमका कारण काठमाडौ फर्किन नसकेको चन्द्रगढी विमानस्थलका प्रमुख किशोरकुमार खत्रीले बताए ।

उनले बुद्धका दुईवटा र यति एयरलाइन्सका एउटा गरी तीनवटा विमान खराव मौसमका कारण उडान भर्न नसकेको जानकारी दिए । तीन वटा विमानको उडान रद्ध हुँदा धेरै यात्रुहरु अलपत्र परेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्