झापा, भदौ ३० । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चन्द्रगढी विमानस्थल बाहिर हत्यारा भन्ने चारजना राजावादीलाई प्रहरीले पक्राउ गरेको छ ।

चन्द्रगढी विमानस्थलमा विमान रद्ध भएर राति बास बस्नका लागि मेचीनगर ८ स्थित होटल मेची क्राउनतर्फ जाने क्रममा राजावादीहरुले प्रचण्डलाई हत्यारा भनेका थिए । सो राजावादीको समूह पूर्वराजा ज्ञानेन्द्र शाहलाई बिदाइ गर्न विमानस्थल आएको थियो । राजावादी समूहका तर्फबाट मेचीनगर १० धुलाबारी बस्ने २७ वर्षीय सोना गेलाललगायतले प्रचण्डलाई जथाभावी भनेको बताइएको छ ।

त्यसपश्चात् नेकपा माओवादी केन्द्रका कार्यकर्ता र राजावादीहरुबीच विवाद भएको थियो । प्रचण्डलाई हत्यारा भन्ने गेलालसहित चारजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता प्रहरी निरीक्षक मेहेगी ल्हामु तामाङले बताइन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा ल्याई सोधपुछ भइरहेको उनले जानकारी दिइन् । हाल स्थिति सामान्य रहेको बताइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्