झापा, भदौ ३१ । हिजो उडान रद्ध भएर जान नसकेका नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल आज बिहान काठमाडौ प्रस्थान गरेका छन् ।

आज बिहान ७ः०३बजे चन्द्रगढी बिमानस्थलबाट बुद्ध एयरमा दाहाल काठमाडौंतर्फ प्रस्थान गरेका हुन् ।
हिजो साँझ माओवादी केन्द्रका अध्यक्ष दाहाल र पूर्व राजा ज्ञानेन्द्र शाहको फ्लाइट खराव मौसमका कारण रद्ध भएको थियो । विमान रद्ध भएपछि उनी मेचीनगरको होटल मेची क्राउनमा रात बसेका थिए ।

दाहाल विराटनगर हुँदै शनिवार साँझ झापा आएका थिए । हिजो उनले बिर्तामोडमा आयोजित कार्यक्रमलाई संबोधन गरेका थिए । दाहाल दुई दिन झापामा रहँदा यहाँको राजनीतिक माहौल तातिएको थियो । निर्धारित कार्यक्रमसंगै प्रचण्डको हिजो बिहानको मर्निङ वाक र साँझ चन्द्रगढी विमानस्थलमा राजावादीहरुले हत्यारा भनेपछि उत्पन्न विवादले चर्चा पाएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्