झापा, असोज २ । पाँचथरको फिदिममा चोरी गरेको आरोपमा झापा बुद्धशान्ति २ का एक युवक पक्राउ परेका छन् ।

आज राति १ बजे पाँचथरको फिदिम १ स्थित चौतारा लाइनको कच्ची घरमा बस्ने ५८ वर्षीय मोहन बाँस्कोटाको घरमा चोरी गरेको आरोपमा बुद्धशान्ति २ बस्ने १८ वर्षीय रुपेश न्यौपानेलाई प्रहरीले पक्राउ गरेको हो । बाँस्कोटाको घरबाट ३ तोला ८ आना सुन , नगद १ लाख र विभिन्न कागजपत्रहरु चोरी भएको बताइएको छ ।
न्यौपानेलाई आज दिउँसो फिदिम १ स्थित ठाडो लाइनमा हिडिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय पाँचथरको टोलीले नियन्त्रणमा लिएको हो । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।