झापा, असोज ५ । ताप्लेजुङमा आयोजित अन्तर्राष्ट्रिय रेडपान्डा ट्रेल म्याराथन प्रतियोगितामा खुलातर्फ पाँचथरका विशाल राई प्रथम भएका छन् । अन्तर्राष्ट्रिय रेडपान्डा दिवसका सन्दर्भमा शनिबार आयोजित प्रतियोगितामा विजयी उनले ४ घण्टा १६ मिनेटमा निर्धारित दुरी पार गरेका हुन्। उनले १ लाख पुरस्कार प्राप्त गर्ने छन् । तर यो रकममा कर कट्टी हुने आयोजकले बताएका छन् । पुरुषतर्फको प्रथम बझाङका करण रावल भए । उनले ४ घण्टा १७ मिनेटमा निर्धारित दुरी पार गरे । पुरुष द्वितीय ताप्लेजुङका रमेश लिम्बू र तृतीय सोलुखुम्बुका अर्जुन कुलुङ राई भए । पुरुषतर्फ प्रथम, द्वितीय र तृतीयले क्रमशः ५०, ३० र २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगितामा ५१ जनाको सहभागिता रहेको थियो । प्रतियोगितामा समग्र धावकमध्ये एक जना सर्वोत्कृष्ट र बाँकी पुरुष र महिला तर्फ प्रथम, द्वितीय र तृतीय हुने ब्यवस्था रहेको छ ।
प्रतियोगितामा सहभागी ताप्लेजुङ, पाँचथर र इलामका धावकले १५, १० र ५ हजार पुरस्कार प्राप्त गर्ने छन् ।