झापा, असोज ९ । जंगली च्याउ खाएर मोरङको बूढीगंगा– ६ मा एकै परिवारका तीनजना सिकिस्त भएका छन् ।

गएराति ८ बजे बूढीगंगा– ६ औलानपुरमा जंगली च्याउ खाँदा २९ वर्षीय इन्द्रकुमार लिम्बू, उनका छोरीहरु ८ वर्षीया सन्जोती लिम्बू र ७ वर्षीया एलिशा लिम्बू सिकिस्त भएका हुन् । उनीहरुलाई राति ११ बजे उपचारका लागि बिराट टिचिङ अस्पताल बिराटनगरमा भर्ना गरिएको छ ।

बुबा इन्द्रबहादुर र ठुली छोरी सन्जोतीको अबस्था मध्यम र कान्छी छोरी एलिशाको अबस्था सामान्य रहेको प्रहरीले जनाएको छ । च्याउ खाएर बान्ता हुने , छाती दुख्ने समस्या भएपछि उनीहरुलाई अस्पताल लगिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्