लक्ष्मी उप्रेती

झापा । जिल्ला प्रशासन कार्यालय झापाले विपद् राहतवापत चार लाख ३० हजार रुपैयाँ उपलव्ध गराएको छ ।

गत साउन १ गतेदेखि हालसम्म विपद् राहतवापत पीडितहरुलाई त्यति आर्थिक सहयोग उपलव्ध गराइएको हो । प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालयको सभाहलमा आयोजित छलफलमा साउन १ गतेदेखि हालसम्म विपद् राहतवापत खर्च भएको जम्मा चार लाख ३० हजार रुपैयाँलाई अनुमोदन गदैं विपद्जन्य घटनाको तत्काल उद्धार र राहतमा खट्ने सुरक्षा निकाय, जनप्रतिनिधि, नागरिक समाज सवैलाई धन्यवाद ज्ञापन गरिएको थियो ।

जिल्ला समन्वय समिति,नगर तथा गाउँपालिकाका जनप्रतिनिधि,जिल्लाका विभिन्न राजनीतिक दलका प्रमुख, प्रतिनिधि तथा जिल्लाका विपद् व्यवस्थापन कार्यालयका कार्यालय प्रमुखहरुबीच विविध विषयमा छलफल भएको छ । छलफलले विभिन्न दशवटा निर्णय गरेको छ ।

विपद् व्यवस्थापन, चाडपर्व सुरक्षा, मेला महोत्सव सञ्चालन, बजार अनुगमन एवम् यातायात व्यवस्थापनलगायत समसामयिक विषयमा छलफल केन्द्रित थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्