झापा, असोज ११ । घरायसी विवादमा ओखलढुंगामा एक ७२ वर्षीय वृद्ध बाबुले छोरामाथि खुकुरी प्रहार गरेका छन् ।

गएराति ९ बजे ओखलढुंगा मोलुङ गाउँपालिका–२ ढुस्के बस्ने अन्दाजी ७२ वर्षीय टेकबहादुर राईले घरायसी विवाद हुँदा आफ्नै छोरा अन्दाजी ४२ वर्षीय भेगराज राईलाई खुकुरी प्रहार गरेका हुन् । छोरा भेगराज गंभीर घाइते भएका छन् । उनलाई सामुदायिक मिसन अस्पतालमा सामान्य उपचारपश्चात् थप उपचारको लागि धुलिखेल अस्पताल पठाइएको छ । उनको देब्रे हातको नाडीमा गहिरो चोट लागेको छ भने नाडीको हड्डी र नसा समेत काटिएको छ ।

खुकुरी प्रहार गर्ने बाबु टेकबहादुरलाई खुकुरीसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्