झापा, असोज ११ । अविरल वर्षासंगै पहिरो जाँदा इलामका विभिन्न सडकहरु अवरुद्ध भएका छन् ।

आज बिहान पहिरो जाँदा पशुपतिनगर–मानेभन्ज्याङ भित्री सडकखण्ड अवरुद्ध भएको छ । बिहान ६ः३० बजे सूर्योदय नगरपालिका– १ स्थित इलाका प्रहरी कार्यालय मानेभन्ज्याङबाट सय मिटर पश्चिममा पर्ने घोडा तरेलामा पहिरो गएको हो । पहिरो गई सो बाटो पूर्ण रुपमा अवरुद्ध भएको छ ।

त्यस्तै घोसेटा मानेभन्ज्याङ जंगलस्थित मानेभन्ज्याङ –मंगलबारे भित्री कच्ची सडकखण्ड पनि पहिरो गई अवरुद्ध भएको छ । बाटोको अवरोध हटाउन स्थानीय जनप्रतिनिधि र सम्बन्धित कार्यालयसंग आवश्यक समन्वय भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै इलामको बिब्ल्याटे–माबु सडकखण्डअन्तर्गत माबु हाइड्रो छेउ सुलुबुङमा पहिरो खसेर अबरोध भएको छ । भित्री सडकहरुमा अवरोध भएपनि मेची राजमार्ग भने सुचारु रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्