झापा , असोज ११ । अविरल वर्षाका कारण तेह्रथुमको आठराईमा गोठ भत्किँदा पुरिएर पाँचवटा चौपाया मरेका छन् ।

गएराति अबिरल बर्षाका कारण आठराई गाउँपालिका– ५ होडा बस्ने ७४ वर्षीया धनमाया कन्दङवाको गोठ भत्किँदा चौपाया क्षति भएको हो । कन्दङवाको घरनजिकै रहेको ढुंगा माटोले बनेको फुसको छानो भएको एकतले गोठ भत्किँदा गोठमा बाँधिएको एउटा भैसी, एउटा खसी, दुईवटा बाख्रा र एउटा सुंगुर पुरिएर मरेको प्रहरीले जनाएको छ । गोठ भत्किएर चौपाया मर्दा अन्दाजी ४ लाख ४० हजार बराबरको क्षति भएको जनाइएको छ ।

त्यस्तै केही दिनदेखि परिरहेको अबिरल बर्षाका कारण पाँचथरको याङवरक–३ ओयामस्थित मध्यपहाडी लोकमार्गको रिजाल भिरमा पहिरो गएको छ । गएराति ९ बजे पहिरो खसेर सडक अवरुद्ध भएकोमा हाल सोही आयोजनाको स्काभेटरद्वारा पहिरो पन्छाउने कार्य भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्