झापा,असोज ११ । ठूलो वर्षाका कारण कम भिजिविलिटी हुँदा देशका विभिन्न स्थानबाट हुने उडान तथा अवतरण प्रभावित भएका छन् ।
भद्रपुर, पोखरा, भरतपुर, सुर्खेत, तुम्लिङटार लगायत विमानस्थलबाट हुने उडान, अवतरण प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।
धनगढी, नेपालगञ्ज, भैरहवा, सिमरा र जनकपुरका उडान भने भइरहेका छन् । वर्षाकै कारण आज कुनै पनि माउण्टेन फ्लाइट भएनन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्