झापा, असोज १४ । विगत एक सातादेखि हिरासतमा रहेका बीएण्डसी अस्पतालका संचालक दुर्गा प्रसाईको रिहाईको माग गर्दै उनका समर्थकहरुले बिर्तामोडमा प्रदर्शन गरेका छन् ।
आज दिउँसो बिर्तामोडको सिटी सेन्टरबाट राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान झापाको आयोजनामा र्याली निकालिएको थियो । अभियानका झापा जिल्ला अध्यक्ष रामचन्द्र मैनालीको नेतृत्वमा निकालिएको र्यालीमा लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समितिकी प्रदेश अध्यक्ष लुजा राईलगायत करिब २५० जनाको सहभागिता रहेको थियो ।
“दुर्गा प्रसाईंलाई रिहा गर, झुटा मुद्दा खारेज गर, हाम्रो आन्दोलन जारी छ , हाम्रा अभियन्ताहरुलाई रिहा गर, संघर्ष समिति जिन्दावाद ,सहकारी लघुवित्त पीडितहरुलाई न्याय दे ” जस्ता नारा लगाउँदै बिरोध र्याली मुक्ति चोक, पश्चिम बस स्टेन्ड पुगी पुनः मुक्ति चोकछेउ वान स्टप मल अगाडि बिरोध सभामा परिणत भएको थियो ।
विरोध सभालाई ऋणी एशोसिएसन झापाका अध्यक्ष बिक्रम ताजपुरिया, होटल डिलाईटका दिपेन ओली, संघर्ष समितिका उमाकान्त अधिकारीलगायतले संबोधन गरेका थिए