झापा, असोज १५ । झापाको कमल गाउँपालिकास्थित भित्री सडकमा भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने अर्का घाइते भएका छन् ।

हिजो साँझ ५.४५ बजे कमल – ५ मंगलबारेस्थित भित्री सडकखण्डमा ग्वालडुब्बाबाट दमकतर्फ आउने क्रममा मे ८ प ७१८६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाइकल चालक गौरादह –७ बस्ने २६ वर्षीय पारस राजवंशी सामान्य घाइते भएका थिए भने मोटरसाइकलको पछाडी सवार दमक –७ बस्ने ३१ वर्षीय राजन लिम्बू गम्भीर घाइते भएका थिए ।

दुवैलाई उपचारको लागि लाईफ लाईन अस्पताल दमक लगिएकोमा राजन लिम्बूको उपचारको क्रममा साँझ ७ः०५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक राजवंशीको सोही अस्पतालमा उपचार भइरहेको र मोटरसाइकल इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा रहेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्