झापा, असोज १५ । सभामुख देवराज घिमिरे झापा आउने कार्यक्रम स्थगित भएको छ ।

सरकारले बाढी, पहिरो र डुवानका कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै आजदेखि तीन दिन राष्ट्रिय शोक घोषणा गरेको कारण प्रतिनिधिसभाका सभामुख घिमिरेको आज हुने भनिएको झापा भ्रमणको कार्यक्रम स्थगित भएको हो । उनी शनिश्चरे बहुमुखी क्याम्पसको दशौ साधारण सभा तथा स्थापना दिवसमा प्रमुख अतिथिको रुपमा आउने कार्यक्रम थियो ।

त्यस्तै बिर्तामोड नगरपालिकामा झापा क्षेत्र नं २ स्तरीय जनप्रतिनिधिहरुसंग भेटघाट गर्ने र वर्षाका कारण भएको क्षति ,उद्धार र राहतका बारेमा जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीलगायत कार्यालय प्रमुखहरुसंग जानकारी लिने कार्यक्रम पनि रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्