झापा, असोज १७ । गत सातादेखिको अविरल वर्षाका कारण आएको बाढीमा डुबेर झापामा ६ जनाको मृत्यु भएको छ ।

तीनजनाको कृष्णे खोलामा डुबेर ज्यान गएको हो भने कन्काई , मेची र जमुनामा एक–एकजनाको मृत्यु भएको हो । गौरीगञ्ज– २ बस्ने ५५ वर्षीय केनालाल ताजपुरिया, गौरीगञ्ज– २ कै ७५ वर्षीय महेश्वर न्यौपाने र कमल– १ बस्ने मुसे भनिने ३५ वर्षीय टिकाराम चौधरीको कृष्णे खोलामा डुबेर मृत्यु भएको हो ।

ताजपुरियाले खोलामा हामफालेका थिए भने न्यौपाने भैसी बाँध्न जाँदा डुबेर बेपत्ता भएका थिए । चौधरी भने खोलामा माछा मार्न जाँदा बेपत्ता भएका थिए । त्यस्तै स्थानीय जमुना खोलाले बगाएर कचनकवल– १ की १४ वर्षीया नेहारिका राजवंशीको मृत्यु भएको थियो । बेपत्ता चारैजनाको शव लामो खोजलासपछि मात्र फेला परेको थियो ।

त्यस्तै मेची र कन्काई नदीमा डुबेको अबस्थामा दुईवटा बेवारिसे शव फेला परेको थियो । ती दुवै पुरुषको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्