झापा , असोज १८ । झापाको शिवसताक्षीस्थित दुधे–शिवगञ्ज सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।


बिहीबार साँझ शिवसताक्षी वडा नम्बर ११ की ७५ वर्षीया विष्णुमाया विष्टलाई प्रदेश १–०३–० ०१प ४१५९ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी बिष्टलाई तत्काल उपचारका लागि बिएण्डसी अस्पताल बिर्तामोड ल्याइएको थियो। उनको उपचारका क्रममा आज बिहान १०ः३० बजे मृत्यु भएको मृतकका भतिजा दाताराम बिष्टले बताए ।

दुर्घटनामा संलग्न मोटरसाइकल र सोका चालक गौरीगञ्जका प्रेमकुमार राजवंशीलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्