कुमरखोद , असोज १८ । झापाको पुरानो सदरमुकाम झापा बजारमा बरतलाल राजवंशीको अध्यक्षतामा १३ सदस्यीय दुर्गा पूजा मेला समिति गठन भएको छ ।

परम्पराकालदेखि लाग्दै आएको दशैं मेला यसपालि पनि भव्य रुपमा लगाउने समितिले जनाएको छ ।
समितिको उपाध्यक्षमा विकास अग्रवाल र मनोजकुमार गणेश , सचिव मनोजकुमार राजवंशी , सदस्य पशुपतिलाल गणेश , अर्जुन भट्टराई , मिथिलेसकुमार गणेश , अशोक सुब्बा , सिकन्दर ठाकुर , कृष्णप्रसाद गणेश , विनोद बराइली , सुनिल गजमेर र राजकुमार महतो रहेका छन् ।

झापा बजारमा रहेको ऐतिहासिक दुर्गा मन्दिरमा फूलपातीका दिन नेपाल प्रहरी र सशस्त्र प्रहरीले तोप पड्काएर माता दुर्गालाई सलामी अर्पण दिने चलन रहेको पण्डित अर्जुन भट्टराईले जानकारी दिएका छन् । उनका अनुसार यस माताको मन्दिरमा स्वच्छ मनले भाकल गरे मनोकामना पुरा हुन्छ । यस माताको मन्दिरमा अष्टमी र नवमीको दिन भाकलको रुपमा बोका , हाँस र परेवाको बली दिने चलन रहेको छ भने अन्य भक्तजनहरुले फलफूल , लड्डु चढाउने गर्छन् । दशमीको दिन भब्य मेला लाग्ने गर्दछ । मेलामा विभिन्न समुदायका जातीय संस्कार संस्कृति झल्काउने नृत्य प्रस्तुत हुने गरेको छ ।

मेलामा आदिवासी सन्थाल समुदायको उत्कृष्ट नृत्य हेर्न पाइन्छ । उत्कृष्ट नृत्य देखाउने टीमहरुलाई दुर्गा पूजा मेला समितिले पुरस्कारको व्यवस्था गरेको छ ।समितिका अध्यक्ष राजवंशीका अनुसार साँस्कृतिक नृत्यमा प्रथम हुने टीमलाई नगद १५ हजार , दोस्रोलाई ११ हजार , तेस्रोलाई ७ हजार र सान्त्वना पुरस्कारको समेत व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्