कुमरखोद, असोज १८ । झापा गाउँपालिका वडा नं २ झापा बजारमा रहेको नेपाल रेडक्रस सोसाइटी कुमरखोद उपशाखाको सभापतिमा पशुपतिलाल गणेश चयन भएका छन् ।

कुमरखोद उपशाखाको तेस्रो अधिवेशनबाट गणेश सर्वसम्मतले चयन भएका हुन् ।
त्यसैगरी उपसभापतिमा ओमकुमारी प्रसाई , सचिव प्रदिपकुमार गणेश, कोषाध्यक्ष गिरीधारीप्रसाद सिंह,उपसचिव जगन्नाथ पौडेल , उपकोषाध्यक्ष मिथिलेसकुमार गणेश सदस्यहरुमा रुपक राजवंशी ,पवित्राकुमारी गणेश , चन्द्रदेव यादव , सन्तबहादुर निरौला र माधवप्रसाद पोख्रेल सर्वसम्मतले चयन भएको निर्वाचन समितिका संयोजक चन्द्र चुडालले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्