झापा,असोज २० । सुनसरीको धरान उपमहानगरपालिकामा लागुऔषध कारोबार, चोरी डकैती नियन्त्रण गर्न प्रहरीले तालिम प्राप्त कुकुरबाट सुरक्षा चेकिङमा कडाइ गरेको छ। दसैं सुरु भएसँगै अपराधजन्य घटना घट्न नदिनका लागि सुरक्षामा कडाइ गरिएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी प्रकाश जबेगुले बताए ।
कोशी प्रदेश कार्यालय विराटनगरबाट दुइटा तालिम प्राप्त कुकुर ल्याएर सार्वजनिक सवारीसाधन र धरानका शंकास्पद स्थानमा सुरक्षा चेकिङलाई अगाडि बढाइएको डीएसपी जबेगुले बताए। कुकुरको माध्ययमबाट सवारी चेकिङ गर्दा लागुऔषध कारोबार गर्ने व्यक्ति, लागुऔषध र शंकास्पद वस्तुहरू बरामद गरिएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक कोमल ठाकुरले बताए

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्