झापा , असोज २० । करेन्ट लगाएर माछा मार्दा झापाको मेचीनगरमा एकजनाको मृत्यु भएको छ ।

आज बिहान १० बजे मेचीनगर नगरपालिका वडा नम्बर –८ सेन्टर टोल बस्ने ३८ वर्षीय रामकुमार गिरीले स्थानीय राजपैनीमा बिद्युतीय तारबाट करेन्ट सप्लाई गरी माछा मार्ने क्रममा उनलाई अचानक करेन्ट लागेको थियो । घाइते गिरीलाई आफन्तले बीएण्डसी अस्पताल बिर्तामोडमा ल्याई उपचार गराईरहेकोमा उपचारको क्रममा दिउँसो १२ः२३ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।

मृतकको शव सोही अस्पतालमा नै रहेको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता प्रहरी निरीक्षक मेहेगी ल्हामु तामाङले जानकारी दिएकी छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्