हल्दिवारी , असोज २३ । हल्दिवारी गाउँपालिका वडा न ४ को झडकन खोला उत्तरको बस्तिमा बसोबास गर्ने तारा तामाङको घरमा आज बिहान सुनचाँदी र नगद चोरी भएको छ ।

अन्दाजी बिहानको ४ः३० बजेको समयमा छोरी घरमा सुतिरहेको अवस्थामा घरमै छाडी मासु किन्न भनी बिर्तामोड गएको बेलामा घरमा चोरी भएको पीडित ताराले बताइन । घटनाको खबर पाउनसाथ जलथल प्रहरी चौकीबाट प्रहरी टोली ताराको घर पुगेको थियो । ताराको घरबाट १ तोला सुन, ७ तोला चाँदी , नगद १८ हजारसहित उनको स्व.श्रीमानको नाममा रहेको जग्गा धनीपुर्जा र नागरिकता र मृत्युदर्ता पनि चोरी भएको उनले बताइन् । चोरी गर्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्