झापा, असोज २५ । दुर्गा प्रसाईका ८ जना समर्थक ज्यान मुद्धामा बिर्तामोड प्रहरीको हिरासतमा रहेका बेला प्रसाई नेतृत्वको राष्ट्र राष्ट्रियता धर्म संसकृति नागरिक बचाउ अभियाननिकट नागरिक प्रतिरक्षा बल(पीडीएफ) का केन्द्रीय अध्यक्ष मिलन लामा काठमाडौमा पक्राउ परेका छन् ।

पुण्य गौतमलाई आक्रमण गरेको आरोपमा पीडीएफका केन्द्रीय अध्यक्ष रसुवा नवकुण्ड ५ का ४१ वर्षका मिलन भनिने दिलबहादुर गङदान र काभ्रे तेमालका ३० वर्षका टासी लामा पक्राउ परेका हुन् । आक्रमणका योजनाकार गङदान रहेको बताइएको छ । यही २१ गते गौतममाथि काठमाडौंको गोकर्णेश्वरमा आक्रमण भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्