झापा , असोज २९ । झापाको शिवसताक्षी– ९ दुधेस्थित एक होटलबाट प्रहरीले १२ जना जुवाडे पक्राउ गरेको छ ।

गएराति ८.३० बजे शिवसताक्षी– ९ दुधेस्थित बिनोद खरेलको घरमा रहेको सगरमाथा होटलमा जुवाजन्य तास खेलाउँदै गरेको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय झिलझिले र इलाका प्रहरी कार्यालय दमकको संयुक्त प्रहरी टोलीले खानतलासी लिएको थियो । त्यसक्रममा १२ जना जुवाडे पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा शिवसताक्षी– ६ बस्ने ५० वर्षीय मिलन भण्डारी, वडा नं –९ बस्ने ४७ वर्षीय दिपक तामाङ, वडा नं ६ बस्ने ४२ वर्षीय नविन तिम्सिना, वडा नं ९ बस्ने ३९ वर्षीय प्रकाश लिम्बू ,सोही वडाका ३७ वर्षीय भिमबहादुर भण्डारी ,४१ वर्षीय दिनेश बाह्रकोटी , वडा नं ११ बस्ने ३२ वर्षीय नरेन्द्र विश्वकर्मा , सोही वडाका ३६ वर्षीय लोकबहादुर विश्वकर्मा ,वडा नं ९ बस्ने ४१ वर्षीय खगेन्द्र उप्रेती , सोही ठाउँ बस्ने ३९ वर्षीय बिनोद खरेल (घर तथा होटल साहु) , २० वर्षीय सौगात मैनाली र भारत कोलकाता ४१ वर्षीय परितोस पल रहेका छन् ।

घरको तेस्रो तलामा रहेको कोठामा घरधनी खरेलसमेतका व्यक्तिहरुले तास खेलिरहेको अवस्थामा प्रहरीले छापा मारको थियो । प्रहरीले एक बुक तास र नगद ५ लाख ४ हजार ३० रुपैयाँ बरामद गरेको छ । उनीहरुलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्