झापा, असोज ३० । सोलुखुम्बुमा मादक पदार्थ सेवन गरी सुतेका एक व्यक्ति मृत फेला परेका छन् ।

हिजो बिहान ८.३० बजे थुलुङ दुधकोसी १ स्थाई घर भई थामेमा भारी बोक्ने काम गर्दै आएका ३३ वर्षीय दुर्गेश खड्का मृत फेला परेका हुन् । राति मादक पदार्थ सेवन गरी उनी सुतेका थिए । मृतकको शवलाई नेपाल प्रहरी लुक्लाको टोलीले थामेबाट पोस्टमार्टमको लागि जिल्ला अस्पताल फाप्लु ल्याएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्