झापा, असोज ३० । पाँचथरको साँवा खोलाले बगाएर एकजनाको मृत्यु भएको छ ।

हिजो दिउँसो २.३० बजे तुम्वेवा –२ स्थित साँवा खोलाले बगाएको अबस्थामा तेह्रथुम फेदाप गाउँपालिका वडा नं. ३ जलजलेका ५९ वर्षीय भुवानीशंकर निरौलाको शव फेला परेको हो । उनी आफ्नै घरबाट हराई बेपता भएका थिए ।

थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी टोली घटनास्थलमा खटिएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्