झापा, कात्तिक १ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लोकबहादुर विश्वकर्माको अध्यक्षतामा गठित नेपाल दलित संघको केन्द्रीय तदर्थ समितिलाई पूर्णता दिएका छन् ।

झापाका पाँच जनासहित केन्द्रमा २४० सदस्यीय केन्द्रीय तदर्थ समिति चयन गरिएको पार्टीद्वारा जारी बिज्ञप्तिमा जनाइएको छ । झापाबाट वीरबहादुर दर्नाल , दलबहादुर बिक , राजकुमार बराइली , हर्क ल्वागुन र टंक विश्वकर्मा केन्द्रीय सदस्य मनोनित भएको जनाइएको छ ।

मीन विश्वकर्माको नेतृत्वमा रहेको निर्वाचन समितिले लामो समयदेखि अधिवेशन गर्न सकेको थिएन । विश्वकर्मा नेतृत्वको केन्द्रीय समितिलाई यसअघि विघटन गरि सुर्खेतका लोकबहादुर विश्वकर्मालाई तदर्थ समितिको अध्यक्ष तोकिएको छ ।

पार्टीका कार्यबाहक मुख्य सचिव डा. प्रदिप पराजुलीद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा केन्द्रीय सभापतिद्वारा मनोनित सदस्यहरुको नामावली सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्