झापा , कात्तिक ६ । मोरङमा पानीमा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ ।

हिजो दिउँसो ४.३० बजे धनपालथान –४ बस्ने सिताराम मण्डलकी ५ वर्षीया छोरी नितिका मण्डलको आफ्नै घरनजिकै जमेको खाल्डोमा डुबेर मृत्यु भएको हो । डुबिरहेको अबस्थामा फेला पारी उपचारको लागि गोल्डेन अस्पताल बिराटनगरतर्फ लगिएकोमा साँझ ५.२० बजे बालिकाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै हिजो दिउँसो ४ बजे बूढीगंगा गाउँपालिका– ५ स्थित बूढी खोलामा डुबेर सोही ठाउँ बस्ने खटर शर्माका १५ वर्षीय छोरा आनन्द शर्माको मृत्यु भएको छ । खोलामा नुहाउने क्रममा पानीमा डुबिरहेको अवस्थामा उनकी आमाले देखेर छिमेकलाई बोलाएकी थिइन् । सामुदायिक अस्पताल दुहबीमा प्राथमिक उपचार गराई थप उपचारको लागि बिराट टिचिङ अस्पताल लगिएकोमा पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्