झापा , कात्तिक ९ । सुनसरीको बराहक्षेत्रमा चिनिया नागरिकसंग बालविवाह गराउन खोज्ने ८ जना पक्राउ परेका छन् ।

बराहक्षेत्र –१ स्थित औलिया बाबाको मन्दिरमा बालविवाह गराउन खोज्नेहरु पक्राउ परेका हुन् । धनकुटा छथर जोरपाटी –२ बस्ने लोकबहादर परियारकी नाबालक छोरीलाई देश चिन हुबई बस्ने ३३ वर्षीय लि. टेङसंग कात्तिक १ गते बालविवाह गरिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी सुनसरी जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जनाएको छ ।

पक्राउ पर्नेहरुमा धनकुटा छथर जोरपाटी –२ बस्ने ३९ वर्षीय लोकबहादुर परियार , चिन हुबई बस्ने ३३ वर्षीय लि.टेङ, उदयपुर बेलका–९ बस्ने ४३ वर्षीय दिपक दर्जी, सोही ठाउँ बस्ने ४२ वर्षीय बद्रीविक्रम राई ,स्याङ्जा पुतलीबजार –१२ बस्ने २० वर्षीया शितल गुरूङ , काभ्रेपलान्चोक रोशी –३ बस्ने २० वर्षीया रोशनीमाया तामाङ, चिन जिङछी बस्ने ३५ वर्षीय डोङ शिहाओ र चिन हुबई बस्ने ३५ वर्षीय वु. हेजी रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्